हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले मिलापत्रका नाममा कुनै पनि घटना छोपछाप गर्नु उचित र सैह्य नहुने बताउनुभएको छ ।
६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मिलापत्रका नाममा कुनै पनि घटना छोपछाप गर्नु उचित र सैह्य नहुने बताउनुभएको हो । उहाँले बलात्कार लगायतका घटना लुकाउनको लागि सामाजिक दबाब र भनसुन, विभिन्न खालमा प्रभाव आए पनि कानुन कार्यान्वयनमा अघि बढ्न प्रहरीलाई निर्देशन दिनुभएको छ ।
निष्पक्ष अनुसन्धान कानुन कार्यान्वयन र कानुनी राज्यको आधार भएकाले पीडितलाई न्याय दिन र राज्यमा दण्डहीनता अन्त्यको लागि पनि आवश्यक भएकाले पारदर्शी सेवा संचालन गर्न प्रहरीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।