वीरगञ्जबाट २३ किलो सुन बरामद

 कात्तिक १, २०७७ शनिबार १४:५४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

पर्साको वीरगञ्बाट प्रहरीले २३ किलो सुन बरामद गरेकाे छ । सुन राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ को गणेश अपार्टमेन्टमा छापा मारेर २३ किलो सुन बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ । प्लाष्टिकका पोका पारेर राखिएको अवस्थामा सुन बरामद भएको र सुन कसले राखेको भन्नेबारेमा केहि नखुलेको डीएसपी नवजित कुँवरले जानकारी दिनुभयो ।

अनुसन्धान सुरु भइसकेको र सुन राख्ने व्यक्ति छिटै पक्राउ पर्ने कुँवरले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया