हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – गएको २४ घण्टामा थप तीन हजार एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १५ हजार चार सय ३८ जनाको नमुना परीक्षण गर्दा तीन हजार एक सय ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख २९ हजार तीन सय चार पुगेको छ । आज थपिएका मध्ये १७ सय ४६ जना कोरोना सङ्क्रमित काठमाण्डौ उपत्यकाका रहेका छन् । मन्त्रालयका अनुसार काठमाण्डाैमा एक हजार चार सय ५१, ललितपुरमा एक सय ५२ र भक्तपुरमा एक सय ४३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै गएको २४ घण्टामा १८ सय जना कोरोना सङ्क्रमणबाट निको भएसँगै कोरोनाबाट निको हुनेको संख्या ८९ हजार आठ सय ४० जना पुगेको मन्त्रालयले जनाएको छ । अब नेपालमा ३८ हजार सात सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै गएको २४ घण्टामा थप १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या सात सय २७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।