उच्च रक्तचापका बिरामीलाई थप सावधानी अपनाउन सरकारकाे आग्रह

 कात्तिक १, २०७७ शनिबार १७:४१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले उच्च रक्तचापका बिरामीहरुलाई कोरोना जोखिम बढी हुने भएकोले थप सावधानी अपनाउन आग्रह गरेको छ ।

विश्व उच्च रक्तचाप दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. महेन्द्र श्रेष्ठले नियमित रुपमा रक्तचापको परीक्षण गराउन आवश्यक रहेको बताउनुभयो । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उहाँले अहिले बदलिएको जीवनशैली, खानपिन र निष्क्रिय दैनिकीका कारण रक्तचापको समस्या बढिरहेको भन्दै नियमित जाँच गराएर रक्तचापलाई नियन्त्रणमा राख्नुपर्ने बताउनुभयो ।

नेपालमा २४ दशमलव पाँच प्रतिशतलाई उच्च रक्तचापको समस्या रहेको मन्त्रालयको तथ्यांक छ । ४० प्रतिशत मानिसले भने अहिलेसम्म रक्तचाप परीक्षण नै नगराएको श्रेष्ठले बताउनुभयो । उहाँले जाँडरक्सी तथा चुरोटबिँडी नखाने र सक्रिय जीवनशैली अपनाउने हो भने उच्च रक्तचापको समस्याबाट बच्न सकिने बताउनुभयो ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया