अर्मेनिया र अजरबैजानबीच मानविय युद्धविरामको सहमति

 कात्तिक २, २०७७ आइतबार ६:४५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अर्मेनिया र अजरबैजानबीच मानविय युद्धविरामको सहमति भएको छ ।

विवादित नार्गोनो काराबाग क्षेत्रमा २१ दिन चलेको युद्ध रोक्नको लागि दुई देशबीच युद्धविरामको सहमति भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । दुवै देशले आधा रातदेखि युद्धविराम सुरु भएको जनाएका छन् । यसअघि गएको हप्ता पनि अर्मेनिया र अजरबैजानबीच युद्धविरामको सहमति भए पनि कार्यान्वयन भएको थिएन ।

अन्तिम अपडेट: कात्तिक ७, २०७७

तपाईको प्रतिक्रिया