हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डौ - कोरोनाको डर र दशैँको रौनकबीच धेरै किसान यतिबेला धान भित्र्याउन व्यस्त भएका छन् । कतै धान काटेर सकिएको छ भने कतै काट्न बाँकी नै छ । मध्य असोजदेखि धान काट्न सुरु गरेका किसानले कात्तिक तेस्रो हप्तासम्म धान भित्र्याउने गर्छन् ।
काठमाण्डौ उपत्यकामा पनि यतिखेर धान पाकेर पहेंलपुर भएको छ । धान काट्न र भित्र्याउन भ्याइनभ्याइ छ । धानबाली विज्ञ हरिकृष्ण उप्रेतीका अनुसार काठमाण्डौ उपत्यकामा पनि भक्तपुरमा धान तुलनात्मक रुपमा अलि धेरै फल्ने गरेको छ । भक्तपुरमा प्रतिहेक्टर ७ टनसम्म धान फल्ने गरेको छ ।
पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म औसत उत्पादन भने तीन दशमलव ८ टनसम्म रहेको छ । तराईका क्षेत्रमा छिटो पाक्ने जातका धान काट्न सुरु भएको छ । त्यस्तै पहाडमा पनि धान काट्ने र आलु रोप्ने काम सुरु भएको छ।
काठमाण्डौ उपत्यकामा पनि धान भित्र्याएपछि कसैले आलु र कसैले गहुँ रोप्ने गरेका छन् । तर काठमाण्डौ उपत्यकामा बिस्तारै धानखेत घरघडेरीका रुपमा टुक्रिँदै र खुम्चिँदै गएको छ । जनसंख्या र बस्ती विकास भएसँगै धानखेत घट्दै गएको हो ।
यसपालि समयमै पर्याप्त पानी परेकाले धान रोप्न सहज भएको तर मल अभावले उत्पादन घट्न सक्ने चिन्ता बढेको किसानको गुनासो छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।