सुनको भाउ तोलामा २ सय रुपैयाँ घट्यो

 कात्तिक २, २०७७ आइतबार १२:२७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ ।

सुनको भाउ आज तोलाको ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार तोलाको ९४ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आजपनि घटबढ भएको छैन ।

चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भैरहेको छ ।


 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया