टिपरले साइकललाई ठक्कर दिँदा छोरीको ज्यान गयाे, बुवा घाइते

 कात्तिक २, २०७७ आइतबार १४:५१:१० | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको देउखुरीमा आइतबार दिउँसो टिपरले साइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ भने एक जना गम्भीर घाइते भएका छन् । 

दुर्घटनामा दाङको गढवा गाउँपालिका १ जुराउनीकी २४ वर्षीया जमुना कुमालको ज्यान गएको छ । दुर्घटनामा जमुनाका बुवा ५९ वर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते हुनुभएकाे छ । टिपरले ठक्कर दिएपछि घाइते भएकी जमुनालाई उपचारका लागि लमहीतर्फ ल्याउँदै गर्दा बाटोमा ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङ दाङले जानकारी दिएको छ ।

जमुनाका बुबाकाे भने दाङकाे लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको  छ ।  रा १ ख २०२१ नम्बरको टिपरले साइकल चढेर दाङको भालुवाङतर्फ आउँदै गरेका बाबु–छोरीलाई ठक्कर दिएको थियो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुवाङ बजारदेखि एक किलोमिटर पूर्व अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका ८ मा दुर्घटना भएको थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया