हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डौ – राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा वैज्ञानिक महावीर पुनले झण्डै ४५ वर्षपछि आफूले दशैँमा नयाँ कपडा लगाएको बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसुबकमा नयाँ कपडा लगाएको फोटो राख्दै उहाँले यस वर्षको दशैँमा नयाँ लुगा लगाएको बताउनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘सायद ४५ वर्षपछि मैले दशैँमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै नापेर सिलाउन दिएका हुन् । पुरानो जडौरी होइन ।’
साथै उहाँले यो आफ्नो दोस्रो सुट भएको बताउनुभएको छ । जुत्ता चाहिँ ६ वर्ष पुरानो भएको उहाँले फेसबुकमा लेख्नुभएको छ ।
सधैँ पुरानो लुगा लगाएको भनेर प्रतिक्रिया आइरहेकोले अब चाहिँ नयाँ कपडा लगाएको फोटो हालेको उहाँले बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।