दशैँका लागि काठमाण्डौबाट बाहिरिनेको संख्या बढ्दै, अग्रिम टिकट बुकिङ्ग नखुल्ने

 कात्तिक ३, २०७७ सोमबार ८:४४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - दशैँका लागि काठमाण्डौबाट बाहिरिनेको संख्या बढ्दै गएको छ । 

विगतका वर्षहरुमा जस्तो काठमाण्डौ छोड्नेहरुको चाप र चहलपहल नभए पनि घटस्थापनादेखि गाउँ जानेहरुको संख्या भने केही दिनदेखि बढ्न थालेको हो । अहिले दैनिक २१ हजारको हाराहारीमा यात्रु बाहिरिने गरेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

गएको २४ घण्टामा ४ हजार ४ सय ६० वटा गाडीमार्फत १६ हजार २ सय ७७ जना यात्रु काठमाण्डौ भित्रिएका छन् भने ४ हजार ६ सय ५८ वटा गाडीमार्फत २३ हजार ३ सय ९० यात्रु बाहिरिएका छन् । हिजो २१ हजार ५ सय ७३ यात्रु बाहिरिएका छन् । १७ हजार ३ सय जना काठमाण्डौ भित्रिएका छन् । घटस्थापनाको दिन कात्तिक एक गते २१ हजार ४ सय ७२ यात्रुले काठमाण्डौ छोडेका थिए ।

घटस्थापनाको दिन १६ हजार ६ सय यात्रु काठमाण्डौ भित्रिएको महाशाखाले जनाएको छ । अब फूलपातीसम्म बाहिर जानेको संख्या बढ्दै जाने र भित्रिनेको संख्या कम हुँदै जाने महाशाखाका प्रवक्ता प्रहरी निरीक्षक रामेश्वरप्रसाद यादवले बताउनुभयो ।

गएका वर्षहरुमा दशैँ सुरु हुनुभन्दा अगाडिदेखि नै बजारमा किनमेल गर्ने, गाउँघर जाने र काठमाण्डौ छिर्नेको भीडभाड हुने गर्थ्याे । कोरोना महामारीका कारण यो वर्ष गाउँघर फर्कने र उपत्यका छिर्नेको सख्या पनि तुलनात्मक रुपमा कम छ । काठमाण्डौ उपत्यका भित्रिने र बाहिरिने यात्रुको संख्या कम भएकाले अग्रिम टिकट बुकिङ्ग भने नखुल्ने भएको छ ।

यो वर्ष अग्रिम टिकट बुकिङ्ग नखुल्ने यातायात व्यवस्था विभागले जनाएको छ । यात्रुको चाप नभएको र अहिले चलिरहेका गाडीले नै धान्ने भएकाले अग्रिम टिकट बुकिङ्ग खुलाउनु नपर्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया