हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – नेपाली कांग्रेसका सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारले कोरोना सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या गन्न बाहेक केही नगरेको बताउनुभएको छ ।
सरकारले कोरोना सङ्क्रमित आफैले परीक्षण तथा उपचार गर्नु भनेपछि सांसद थापाले सामाजिक सञ्जाल ट्वीटरमा प्रतिक्रिया दिँदै सरकार नागरिकप्रति उत्तरदायी नभएको बताउनुभएको हो ।
थापाले भन्नुभएको छ, ‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय कोरोना सङ्क्रमितले आफ्नो उपचार आफैँ गर्नू, यसरी हरेक दिन खुद्रा–खुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस् सरकार स्वयं सङ्क्रमित भएर आइसोलेशनमा रहेकोले अब उपरान्त सङ्क्रमितको सङ्ख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’
— Gagan Thapa (@thapagk) October 19, 2020
सरकारले कोरोना परीक्षण तथा उपचारका लागि लाग्ने खर्च सङ्क्रमित स्वयंले बेहोर्नु भनेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।