प्रस्तावित राजदूतविरुद्ध परेका ४ उजुरीमध्ये ३ वटा युवराज खतिवडाकाे नाममा

 कात्तिक ३, २०७७ सोमबार १६:४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा चार वटा उजुरी परेको छ ।

समितिले प्रस्तावित राजदूतहरुविरुद्ध परेका उजुरी सोमबार खोलेको हो । उजुरी खोलिएसँगै पत्रकारहरुसँग कुरा गर्दै सभापति कर्णले गम्भीर प्रकृतिका चार वटा उजुरी परेको बताउनुभयो ।

समितिले असोज २१ गते १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेको थियो । सभापति कर्णले प्रस्तावित राजदूतहरुविरुद्ध परेको उजुरीमा उजुरीकर्ताको नाम उल्लेख भएको तर सम्पर्क नम्बर उल्लेख नभएकाले कात्तिक १७ गतेका लागि समितिमा थप प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय भएको बताउनुभयो ।

उजुरी परेकामध्ये अमेरिकाका लागि प्रस्तावित राजदूत पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाविरुद्ध तीन वटा र संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीविरुद्ध एक वटा रहेको सभापति कर्णले बताउनुभयो । 

सरकारले डा. युवराज खतिवडालाई अमेरिकाका लागि आवासीय राजदूतसँगै पनामा, कोस्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालाका लागि गैरआवासीय राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

यस्तै पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो ।

त्यस्तै डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र वोत्सुवाना, केन्थ्या, कङ्गो‍, तान्जानिया, जाम्भिया, जिम्बाब्वे, ज्ञावेनलगायतका देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गर्न सिफारिस गरेको छ ।   

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया