हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – सरकारले दशैँ पर्वमा आफन्तसँग भेटघाट गर्दा नमस्कार गर्न आग्रह गरेको छ । शरीर छुँदा कोरोना भाइरस सर्ने जोखिम हुने भन्दै सरकारले यसअघि आदर गरेर ढोग्ने वा अङ्कमाल गर्नेहरुले यो वर्ष परैबाट नमस्कार मात्रै गर्न आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यो वर्ष एकाघरका मानिस मात्रै बसेर दशैँ पर्व मनाउन आग्रह गर्दै आफन्तसँगकै भेटमा पनि नजिक जाने वा छुने काम नगर्न आग्रह गर्नुभयो ।
मुख, आँखा तथा नाक छुँदा भाइरस सर्ने सम्भावना धेरै हुने भएकोले सकेसम्म अरुको अनुहार नछुन तथा आफ्नो अनुहार पनि नछुवाउन आग्रह गर्दै उहाँले दशैँ मनाउँदा नोटको प्रयोग पनि नगर्न आग्रह गर्नुभयो । पैसाको प्रयोग विद्युतीय माध्यमबाट गर्न वा त्यो सम्भव नभएमा पैसाको लेनदेन नगरि आशीर्वादमात्र लिन–दिन पनि सरकारले आग्रह गरेको छ ।
यसैबीच सरकारले होम आइसोलेशनमा ज्यान गुमाएका कोरोना सङ्क्रमितको शव आफन्तको चाहनाअनुसार परम्परागत विधिबाट अन्तिम संस्कार गर्न निर्देशिका खुकुलो बनाएको दाबी गर्दै सेनाले गर्दै आएको शव व्यवस्थापनको काम नरोकिएको जनाएको छ ।
होम आइसोलेशनमा बसेकाहरुको ज्यान गएमा आफन्तले नै गर्नुपर्ने कुराको चौतर्फी विरोध भएपछि सरकारले यसको बचाउ गर्दै थोरै सावधानी अपनाउँदा पनि शवबाट कोरोना नसर्ने भएकोले आफन्तलाई शव व्यवस्थापनको सुविधा दिएको दाबी गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।