प्रस्तावित राजदूतविरुद्ध उजुरी गर्ने उजुरीकर्ता सम्पर्कमा नआएपछि सुनुवाइ प्रक्रिया लम्बियो

 कात्तिक ४, २०७७ मंगलबार १०:२२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रस्तावित राजदूतविरुद्ध उजुरी गर्ने उजुरीकर्ता सम्पर्कमा नआएपछि राजदूतको संसदीय सुनुवाइ प्रक्रिया लम्बिएको छ । 

असोज १५ गतेको मन्त्रिपरिषद् बैठकले अमेरिकाको राजदूतमा डाक्टर युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि डाक्टर निर्मलकुमार विश्वकर्मालाई नियुक्तिको लागि प्रस्ताव गरेको थियो ।

त्यसपछि संसदीय सुनुवाइ समितिले गएको असोज २१ गते १० दिनको समय दिएर उजुरी आह्वान गरेकोमा अमेरिकाको राजदूतका लागि प्रस्तावित डाक्टर खतिवडा र बेलायतको राजदूतका लागि प्रस्तावित रेग्मीविरुद्ध ४ वटा उजुरी परेको छ ।

तर अहिलेसम्म उजुरीकर्ता सम्पर्कमा नआएपछि समितिले सार्वजनिक सूचना निकालेर आउँदो १७ गते बिहान ११ बजे सिंहदरबारमा रहेको संघीय संसद् सचिवालयमा उपस्थित हुन आह्वान गरेको हो । १७ गतेका लागि तोकिएको छलफलमा पनि उजुरीकर्ता उपस्थित नभए समितिले सुनुवाइ प्रक्रिया अघि बढाउनेछ ।
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया