‘दशैँमा माछामासु र मिठाईजन्य वस्तुकाे उपभाेग कम गराैँ, कागती पनि सेवन गराैँ’

 कात्तिक ४, २०७७ मंगलबार १४:४३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्य वस्तु कम खान पोषणविद् डाक्टर मनसा थापा ठकुराठीले सुझाव दिनुभएको छ । 

दशैँको समयमा छोटो अवधिमा धेरै प्रकारका खाद्य वस्तु खाँदा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने डा. ठकुराठीले बताउनुभयो । खासगरी दशैँमा माछामासु, पेय पदार्थ, गुलियो पेय पदार्थ, मिठाईजन्य वस्तुहरुको उपभोग बढी गरिने प्रचलन रहेकाले त्यसलाई कम गर्न उहाँको सुझाव छ । 

कोभिड–१९ सङ्क्रमणसँग लड्न पनि खानेकुरामा विशेष ख्याल गर्नुपर्ने र दशैँको बेला ख्याल नहुन सक्ने भन्दै विशेष ध्यान दिन उहाँले जोड दिनुभएको छ । मासु र दही शरीरका लागि आवश्यक खाद्य वस्तु भएकाले पनि ठिक मात्रामा खान आग्रह गर्नुभयो । तर पेय पदार्थ, गुलियो पेय पदार्थ, मिठाईजन्य वस्तु नखाँदा सबैभन्दा राम्रो गर्ने उहाँको भनाइ छ ।

छोटो अवधिमा अनियन्त्रित किसिमबाट खानेकुरा खाँदा छिटो मोटोपन बढ्ने र त्यसले शरीरमा असजिलो ल्याउने मात्र नभइ रोगव्याधीसमेत आउन सक्ने भएकाले ख्याल गर्नुपर्ने डा. ठकुराठीले बताउनुभयो ।

मोटोपन बढ्दा ब्लड प्रेसरमा उतार चढाव हुने, मुटुमा समस्या आउन सक्ने, रगतमा चिनीको मात्रा बढ्ने लगायतका समस्या आउने भएकाले पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । दशैँका बेला मुला, काँक्रो, कागतीको सेवन दैनिक रुपमा गर्न पनि उहाँको सुझाव छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया