काठमाण्डाै उपत्यकामा थपिए १ हजार ७०२ सङ्क्रमित

 कात्तिक ४, २०७७ मंगलबार १७:४०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा एक हजार सात सय दुई जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार काठमाण्डाैमा एक हजार चार सय ३१, ललितपुरमा एक सय २३ र भक्तपुरमा एक सय ४८ जनामा सङ्क्रमण भेटिएकाे हाे । 

त्यस्तै पछिल्लाे २४ घण्टामा देशैभर तीन हजार ९३ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ३९ हजार एक सय २९ पुगेकाे छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया