हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डौ – जनता समाजवादी पार्टीको सङ्घीय परिषद् अध्यक्षको जिम्मेवारी डाक्टर बाबुराम भट्टराईले पाउनुभएको छ ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले सङ्घीय परिषद् अध्यक्षको जिम्मेवारी पूर्वप्रधानमन्त्री समेत रहनुभएका डाक्टर भट्टराईलाई दिने निर्णय गरेको हो । केन्द्रीय समितिको अध्यक्षमा भने महन्थ ठाकुर र उपेन्द्र यादव रहने जसपाले जनाएको छ ।
यस्तै बैठकले डाक्टर भट्टराईले नेतृत्व गर्ने सङ्घीय परिषदप्रति केन्द्रीय समिति उत्तरदायी हुनुपर्ने विधान पनि पारित गरेको छ ।
बैठकले सङ्घीय सांसद रेशम चौधरी रिहाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ भने बाँकी निर्णयका लागि पाँच जना शीर्ष नेतालाई अधिकार दिइएको जसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।
पाँच शीर्ष नेतामा डाक्टर बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतो रहनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।