फेसबुकमा 'बलात्कारी संगठन' नामक पेज तथा ग्रुप बनाउने व्यक्ति पक्राउ

 कात्तिक ४, २०७७ मंगलबार १८:१७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – सामाजिक सञ्जाल फेसबुकमा रेपर एसोसिएशन (बलात्कारी सङ्गठन) नामक पेज तथा ग्रुप बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

नेपाल प्रहरीको साइबर ब्युरोले पाल्पाको माथागढी गाउँपालिका १ का अभिषेक नेपाललाई सोमबार उनकै घरबाट पक्राउ गरेको हो । 

पेज तथा ग्रुपमा आपत्तिजनक सामग्री पोस्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका काम भइरहेको भन्दै निवेदन नै पर्न थालेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । 

यसअघि प्रहरीले यही फेसबुक पेज बनाउने तथा चलाउने प्युठानको झिम्रुक गाउँपालिका ७ घर भइ नवलपुरको कावासोती नगरपालिका बस्ने नवीन बस्नेतलाई पक्राउ गरेको थियो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया