आज बडा दशैँको पाँचौ दिन : स्कन्दमाता भगवतीको पूजा गरेर मनाईंदै

 कात्तिक ५, २०७७ बुधबार ८:३७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बडा दशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा गरेर मनाईंदै छ ।

दुर्गा भवानीको ९ रुपममध्ये पाँचौ रुप स्कन्दमाता भगवतीको पूजा गर्ने चलन छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्दमाताको पूजा गर्ने परम्परा छ ।

त्यस्तै, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएकाे छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ ।

अघिल्ला वर्षहरुमा देशभरका विभिन्न शक्तिपीठहरुमा पूजाका लागि भक्तजनहरुको घुईंचो लागे पनि यो वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलने जोखिमका कारण भीडभाड कम देखिएको छ । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले सरकारले पनि मन्दिरहरुमा नियमित पूजा बाहेक भक्तजनहरुका लागि रोक लगाउने निर्णय गरेको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया