वाग्मती र गण्डकी प्रदेशले कोरोना सङ्क्रमितको नि:शुल्क उपचारलाई निरन्तरता दिने

 कात्तिक ५, २०७७ बुधबार ८:५६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वाग्मती र गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको नि:शुल्क उपचारलाई निरन्तरता दिने जनाएका छन् ।

गण्डकी प्रदेशको ३८ ठाउँका कोरोना सङ्क्रमितको नि:शुल्क उपचार भइरहेको गण्डकी प्रदेश सरकारले जनाएको हो । नागरिकप्रतिको दायित्व पूरा गर्नबाट गण्डकी सरकार पछि नहटेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताउनुभयो ।

अहिलेसम्म कोरोनाको पीसीआर परीक्षण र उपचार खर्च गण्डकी सरकारले नै बेहोर्दै आएको र यो सेवा निरन्तर रहने उहाँको भनाई छ । यस्तै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को नि:शुल्क उपचार भइरहेको जनाएको छ ।

प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।

यसअघि हिजो लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोख्रेलले पनि आफ्नो प्रदेशका कोरोना विशेष अस्पतालमा कोरोनाका बिरामीको नि:शुल्क उपचारको व्यवस्था यथावत् रहेको बताउनुभएको थियो । संघीय सरकारले कोरोना सङ्क्रमितको उपचार खर्च आफैले गर्नुपर्ने निर्णय गरेपछि चौतर्फी विरोध भैरहेको छ ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया