अर्थमन्त्री पौडेल र अमेरिकी राजदूतबीच भेट, सहयाेगले निरन्तरता पाइरहने आश्वासन

 कात्तिक ५, २०७७ बुधबार १५:५६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकाका राजदूत र्‍याण्डी बेरीबीच बुधबार अर्थ मन्त्रालयमा भेटवार्ता भएको । 

भेटमा अर्थमन्त्री पौडेलले नेपाल–अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिका सरकारले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगको लागि धन्यवाद दिनुभयो । 

अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र महामारीपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोगलगायतका विषयमा छलफल भएको छ । 

राजदूत बेरीले अर्थमन्त्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो । उहाँले अमेरिकाबाट प्राप्त हुने सहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रित गरेको उल्लेख गर्नुहुँदै अमेरिका सरकारले आउँदा दिनमा पनि नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।  

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया