दुई महिनामा १ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, पोहोरको भन्दा ८ प्रतिशतले धेरै

 कात्तिक ५, २०७७ बुधबार १६:२५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – कोरोना भाइरसको महामारीका कारण घट्ने अनुमान गरिएको विप्रेषण (रेमिट्यान्स) बढ्दै गएको छ । चालु आर्थिक वर्षको दुई महिना अर्थात् साउन र भदौमा १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यो रकम अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा ८ दशमलव १ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको साउन र भदौ अवधिमा रेमिट्यान्स शून्य दशमलव ६ प्रतिशतले घटेको थियो । 

चालु वर्षको पहिलो दुई महिनामा अमेरिकी डलरमा आउने रेमिट्यान्स २ दशमलव ६ प्रतिशतले बढेर १ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो रकम १ दशमलव ६ प्रतिशतले घटेको थियो ।

दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ९९ दशमलव २ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो सङ्ख्या ० दशमलव २ प्रतिशतले बढेको थियो । 

वैदेशिक रोजगारीका लागि फेरि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या दुई महिनामा ८६ दशमलव ५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो सङ्ख्या १० दशमलव ३ प्रतिशतले बढेको थियो । 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Janak Dhungana

    Oct. 21, 2020, 4:47 p.m.

    खासगरि खाडी मुलुकहरुमा कोरोनाको कारनले आर्थिक गतिबिधिमा खासै असर नपरेकोले रेमिट्यान्स नघटेको हुनसक्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया