एकैदिन ५ हजार ७४३ जनामा काेराेना सङ्क्रमण

 कात्तिक ५, २०७७ बुधबार १६:२८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या १ लाख ४४ हजार ८७२ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार ५ हजार ७४३ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

पछिल्लाे २४ घण्टामा २० हजार एक सय १८ जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ । त्यस्तै गएकाे २४ घण्टामा २ हजार ९९६ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ९९ हजार ६०५ पुगेको छ ।  

एकैदिन सङ्क्रमण पुष्टि हुनेकाे याे सङ्ख्या अहिलेसम्मकै धेरै हाे । 

अब नेपालमा ४४ हजार ४७६ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ४ हजार ६५ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा २६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७९१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत २४, २०८०

1 Comments

  • Kiran bishwakarma

    Oct. 23, 2020, 3:25 p.m.

    जब कोरोना सङ्क्रमितको उपचार नै नगरिदिने भए किन सङ्ख्या गनिरहनु पर्यो लाज नभएको पातकी सरकार ?

  •  0 Reply

तपाईको प्रतिक्रिया