काठमाण्डाै उपत्यकामा बुधबार ३ हजार १०७ सङ्क्रमित थपिए

 कात्तिक ५, २०७७ बुधबार १६:४६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा ३ हजार १ सय ७ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार काठमाण्डाैमा २ हजार ३ सय ९१, भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय ४३ जनामा सङ्क्रमण देखिएकाे हाे । 

त्यस्तै बुधबार देशैभर २० हजार १ सय १८ जनाकाे पीसीआर परीक्षण भएकाेमा ५ हजार ७ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । बुधबार थपिएकासँगै नेपालमा सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख ४४ हजार आठ सय ७२ पुगेकाे छ ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया