भारतीय गुप्तचर संस्था 'रअ' का प्रमुख गाेयल काठमाण्डाैमा

 कात्तिक ५, २०७७ बुधबार १८:४७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख समन्तकुमार गोयल बुधबार काठमाण्डौ आउनुभएको छ । 

'रअ' का प्रमुख गोयल बुधबार दिउँसो विशेष विमानमार्फत काठमाण्डौ ओर्लिनुभएको हो । उहाँले केही घण्टा यहाँ रहँदा राजनीतिक भेटघाट गर्ने जनाइए पनि कुन–कुन नेतासँग भेट गर्ने भन्नेबारेमा खुलाइएको छैन । 

भारतका सेनाध्यक्ष एमएम नरभाने नेपाल भ्रमणमा आउनुअघि जासुसी संस्थाका प्रमुख नेपाल आउनुलाई निकै महत्त्वका साथ हेरिएको छ । 

'रअ' का प्रमुख गोयल बुधबार बेलुकी नै फर्किने बताइएको छ ।  

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया