हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डौ - ललितपुरको बालकुमारीमा नम्बर नखुलेको गाडीले पैदलयात्रुलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
अर्का एक जना घाइते भएका छन् । आज बिहान नम्बर नखुलेको गाडीको ठक्करबाट घाइते भएका ललितपुर महालक्ष्मीस्थानका ७८ वर्षका बाबुकाजी श्रेष्ठको उपचारको क्रममा बी एण्ड बी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाइते भएका ७० वर्षका भाइलाल महर्जनको बी एण्ड बी अस्पतालमै उपचार भइरहेको छ । ठक्कर दिएर फरार भएको गाडी र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैबीच हिजो दिउँसो काठमाण्डौको बानेश्वरमा मोटरसाइकलले जेब्राक्रममा ठक्कर दिँदा घाइते भएकी युवतीको ज्यान गएको छ ।
वाग्मती प्रदेशको ०२०१३ प ६५०९ नम्बरको मोटरसाइकलले जेब्राक्रसमा बाटो पार गर्दै गरेकी काठमाण्डौ गोलढुंगाकी २० वर्षकी सुजु पुतुवारलाई ठक्कर दिएको थियो । उहाँको उपचारको क्रममा ट्रमा सेन्टरमा बेलुकी ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते मोटरसाइकल चालकको सिनामंगलमा रहेको काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।