हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री र भारतीय गुप्तचर संस्थाका प्रमुखबीचकाे भेटलाई आपत्तिजनक बताउनुभएकाे छ ।
बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले नेपालकाे संविधानद्वारा निर्देशित परराष्ट्र नीति स्वाधिनता र नेकपाकाे विचार नीति र घाेषणाकाे विपरीत प्रधानमन्त्री र रअ प्रमुख सामन्तकुमार गाेयलबीच भेट भएकाे बताउनुभएकाे हाे ।
— Bhim Rawal, PhD (@BhimRawal179) October 22, 2020
रअ प्रमुखसँग प्रधानमन्त्रीकाे जसरी भेट गराइयाे त्याे आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भएकाे नेता रावलकाे ठहर छ ।
रअ प्रमुख गाेयल बुधबार दिउँसाे विशेष विमानमार्फत काठमाण्डाै ओर्लिनुभएकाे थियाे । उहाँ बिहीबार बिहान भारत फर्किनुभएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।