काठमाण्डाै उपत्यकामा थप १ हजार ५५२ जनामा काेराेना सङ्क्रमण

 कात्तिक ६, २०७७ बिहिबार १६:५६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा बिहीबार १ हजार ५५२ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा काठमाण्डाैमा १ हजार २८३, भक्तपुरमा ११२  र ललितपुरमा १५७ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे हाे । 

त्यस्तै बिहीबार देशैभर १५ हजार २५५ जनाको पीसीआर परीक्षण भएकोमा ३ हजार ६३७ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।

बिहीबार ३ हजार २१५ जना सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै काेराेनामुक्त हुनेकाे कुल सङ्ख्या १ लाख २ हजार ८२० पुगेकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया