भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा विवाद : प्रशासकीय प्रमुखलाई फिर्ता गर्न मन्त्रालयमा पत्राचार

 कात्तिक ७, २०७७ शुक्रबार ८:४१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजाललाई मन्त्रालयमा फिर्ता गर्न पत्राचार गर्नुभएको छ ।

सम्पदा पुनःनिर्माण लगायत उपभोक्ता समितिमार्फत् भएका कामको भुक्तानी नदिएको र अनुचित आर्थिक लाभमा सहभागी भएको आरोपसहित प्रशासकीय अधिकृत रिजाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता गर्न पत्र लेखिएको हो । दशैँका बेला नियमित वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्तासमेत प्रशासकीय प्रमुख रिजालले रोकेको प्रमुख श्रेष्ठले बताउनुभएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रिजालले भने नगरप्रमुख श्रेष्ठले लगाएको आरोपको खण्डन गर्दै उपभोक्ता समितिका नाममा भएका कामको भुक्तानी दिन कार्यपालिका बैठकले निर्णय नगरेको र व्यक्तिगत रुपमा काममा लगाएर भुक्तानी मागेकाले रोकिएको बताउनुभएको छ ।

अहिले अत्यावश्यक बाहेक काम नगर्ने निर्णय भएकाले अन्य कामका भुक्तानी रोकिएको पनि रिजालले बताउनुभयो । वडाहरुले विवरण नै नपठाएकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरिएको उहाँको भनाइ छ ।

 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया