हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - अमेरिकाले कोरोना सङ्क्रमितको उपचारमा एन्टिभाइरल औषधि रेमडेसिभिरको प्रयोगका लागि पूर्ण स्वीकृति दिएको छ ।
अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन एफडीएले क्लिनिकल ट्रायलको क्रममा रेमडेसिभिरले बिरामीको अस्पताल बसाइ औषतमा पाँच दिनले कम गराएको पाइएको भन्दै उपचारमा त्यसको प्रयोगलाई पूर्ण स्वीकृति दिएको हो । यसअघि आपतकालिन प्रयोगका लागि मात्रै स्वीकृति पाएको रेमडेसिभिर औषधिलाई एफडीएले स्वीकृति प्रदान गरेको हो ।
यसरी पूर्ण स्वीकृति पाउने यो औषधि पहिलो बनेको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको सङ्क्रमण भइ अस्पताल भर्ना भएका बिरामीको निको हुने दर तथा मृत्युदर कम गर्नमा रेमडेसिभिर औषधिको प्रभावकारिता अति न्यून रहेको बताएको केही दिनपछि अमेरिकाले औषधि प्रयोगमा पूर्ण स्वीकृति दिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।