राष्ट्रपतिले यसपालि दशैँकाे टीका नलगाइदिने, शक्ति पीठ पनि नजाने

 कात्तिक ७, २०७७ शुक्रबार १८:१५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले यस पटकको दशैँमा टीका लगाइदिनु हुने छैन । कोभिड–१९ सङ्क्रमणका कारण यसपालिको दशैँमा विजया दशमीको दिन राष्ट्रपति भण्डारीले इच्छुकहरुलाई टीका प्रदान नगर्नुहुने भएको हो । 

शुक्रबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति निकाल्दै यसको जानकारी दिनुभएको हो । 

साथै भण्डारी यस वर्ष महाष्टमी र कोजाग्रत पूर्णिामाको अवसरमा विभिन्न शक्ति पीठहरुमा सहभागी नहुने जनाइएको छ । 

कोरोना प्रकोपका कारण सरकारले नागरिकहरुलाई यसपालि स्वास्थ्य मापदण्ड अपनाउँदै सावधानीपूर्वक दशैँ मनाउन आग्रह गरेको छ ।

यसैबीच प्रधानमन्त्रीले पनि यस किसिमका कार्यक्रम नराखेकाे जानकारी दिनुभएकाे छ ।  

अन्तिम अपडेट: कात्तिक २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया