गएको २४ घण्टामा उपत्यका छाड्नेको संख्या अहिलेसम्मकै धेरै

 कात्तिक ८, २०७७ शनिबार ११:३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दशैँ सुरु भएयता गएको २४ घण्टामा उपत्यका छाड्नेको संख्या अहिलेसम्मकै धेरै भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएको २४ घण्टामा ४८ हजार ९८ जनाले काठमाण्डौ छाडेका छन् । यसअघि हिजो ३३ हजार ४ सय ४६ जनाले उपत्यका छाडेका थिए ।

घटस्थापनाको दिन २१ जहार ६ सय २ जना उपत्यका बाहिर गएकामा त्यसयता दैनिक बढ्दै गएको हो । द्वितीयामा २१ हजार ४ सय ७८ जना, तृतीयामा २३ हजार ३ सय ९२ जना, चतुर्थीमा २३  हजार ३ सय ८३ जना, पञ्चमीमा २२ हजार २ सय ९९ जना र षष्ठीमा २५ हजार २ सय १८ जना काठमाण्डौ उपत्यकाबाट बाहिर गएका छन् ।

योसँगै दशैँको ८ दिनमा २ लाख १८ हजार ९ सय १६ जनाले उपत्यका छाडेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो वर्षको दशमी पर्सि परेकाले आज र भोलि पनि धेरैले उपत्यका छाड्नेको अनुमान गरिएको छ । गएका वर्षहरुमा घटस्थापनापछि दैनिक एक लाखभन्दा धेरैले उपत्यका छाड्ने गरेका तथ्याङक छ ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया