नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले आजदेखि विज्ञापन बजाउन नपाउने

 कात्तिक ८, २०७७ शनिबार ११:४३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले आजदेखि विज्ञापन बजाउन नपाउने भएका छन् ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ मा भएको प्रावधान अनुसार क्लिन फिड लागू भएकाले अब विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन नपाउने भएका हुन् । गएराति १२ बजेसम्म विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन पाए पनि आजदेखि नपाउने भएकाले कानुन अनुसार कारबाही गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयले विज्ञापन बजाउन नपाउने ऐनको मर्म र भावनाअनुसार व्यवस्था लागू गर्न सबैलाई यसअघि नै निर्देशक दिइसकेको छ । अब नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने, विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्षभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने, विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाउने कानुनी व्यवस्था छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Kbm

    Oct. 24, 2020, 1:21 p.m.

    बजेको छ त बिज्ञापन ...

  •  0 Reply

तपाईको प्रतिक्रिया