अर्को वर्षको जुन महिनासम्ममा कोरोना विरुद्धको खोप बजारमा ल्याउने भारतीय कम्पनीको दाबी

 कात्तिक ८, २०७७ शनिबार १२:३३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा कोरोना भाइरस विरुद्धको खोप बनाइरहेको कम्पनीले अर्को वर्षको जुन महिनासम्ममा खोप बजारमा ल्याउने दाबी गरेको छ ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको नेशनल इन्स्टिच्यूट अफ भाइरोलोजीसँग मिलेर बनाइरहेको कोरोना भाइरस विरुद्धको खोप बनाइरहेको कम्पनी भारत बायोटेकले आउँदो वर्षको जुन महिनासम्ममा खोप उपलब्ध गराउने बताएको हो । कम्पनीका शीर्ष अधिकारीले भारत सरकारले आपत्कालिन अनुमति दिएर पहिले नै खोपको उद्घाटन नगरे जुन महिनासम्ममा उपलब्ध गराउने बताएका भारतीय संचार माध्यमले जनाएका छन् ।

भारत बायोटेकले देशको १२ देखि १५ राज्यका २० हजार स्वयंसेवकमा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण गर्ने बताएको खबरमा उल्लेख छ । कोरोना भाइरसको संक्रमित धेरै भएको देशको सूचीमा भारत, दोस्रो स्थानमा छ । भारतमा अहिलेसम्म ७८ लाख १४ हजारमा कोरोना पुष्टि भएकोमा ७० लाख १६ हजार निको भएका छन् । १ लाख १७ हजारको भने ज्यान गएको छ ।

भारतमा आज मात्रै एक हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया