लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङको देउखुरीमा बस्ने गरी छलफल सुरु

 कात्तिक ८, २०७७ शनिबार १४:२३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङको देउखुरीमा बस्ने गरी छलफल सुरु भएको छ ।

प्रदेश सभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको अनुभूति गराउन सदन चलाउने विषयमा देउखुरीमा छलफल सुरु भएको हो । तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो बैठक देउखुरीमा राख्न सकिने वा नसकिने विषयमा अध्ययन सुरु भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसको अध्ययन थालेको छ ।

दुई हप्ताअघि प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी टुङ्गाे लागेको थियो । देउखुरीको राप्ती गाउँपालिकामा रहेका पूर्वाधारको अध्ययनसहित छलफल भएको प्रदेश सभा सदस्य इन्द्रजीत थारुले जानकारी दिनुभएको छ  ।

राप्ती प्राविधिक शिक्षालयको भवनमा तत्कालका लागि प्रदेश सभा बैठक बसाल्न र मन्त्रालयका कार्यालय राख्न पुग्ने संरचना रहेको पनि उहाँले बताउनुभयो । बडादशैँ लगत्तै पूर्वाधार विकास प्राधिकरणको कार्यालय राप्ती गाउँपालिकामा स्थापना हुने भएको छ । यो प्रदेश राजधानी भएपछि स्थापना हुने पहिलो कार्यालय बन्नेछ । 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया