दशैँको बेला महंगियाे फलफूलकाे भाउ

 कात्तिक ९, २०७७ आइतबार १७:५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दशैँको बेला फलफूलजन्य वस्तुहरुको बजार महँगो भएको छ । अन्य समयमा एक सय रुपैयाँ प्रतिकिलो पाउने स्याउको मूल्य अहिले २ सय रुपैयाँ सम्म पर्ने गरेको छ । अझ पसलै पिच्छे फलफूलको भाउ फरक पर्दा उपभोक्ताहरु मारमा परेका छन् ।

फलफूल चाडपर्वको बेलामा समान्यतया धेरै बिक्री हुने बस्तु हो । चाडपर्वको बेला फलफूल, मिठाई, माछामासु लगायतको खपत बढी हुन्छ । त्यसैले यो समयमा त्यस्ता बस्तुहरुको मूल्य बजारै पिच्छे फरक पर्ने गरेको देखिन्छ । एउटै जातको एक किलो स्याउको मूल्य एक सय ६० रुपैयाँ देखि २ सय रुपैयाँ सम्म परेको पाइएको छ । बजारमा भेटिएका उपभोक्ताहरुले पनि मूल्यमा फरक पर्दा मार परेको गुनासो गरेका छन् ।

नयाँ बानेश्वर क्षेत्रमा भेटिनुभएका उपभोक्ता ऋषिकेश पोखरलले सरकारले आफ्नो उपस्थिति बजारमा नदेखाउँदा पसलै पिच्छे मूल्यमा फरक परेको बताउनुभयो । चाडपर्वको समयमा पनि सरकारले बजार अनुगमन नगरिदिदा महँगो मूल्य तिरेर फलफूल उपभोग गर्न बाध्य भएको उहाँले बताउनुभयो ।

व्यापारीहरुले भने थोक (होलसेल) व्यापारीहरुका कारण खुद्रा बजारमा पसलै पिच्छे मूल्यमा फरक पर्ने गरेको बताएका छन् । आफुहरुले मूल्य बढाएको भन्दा पनि होलसेल पसलले नै मूल्यमा एकरुपता कायम नगरिदिदा बजारमा पसलैपिच्छे फरक मूल्य देखिएको व्यापारीहरुको भनाई छ ।

नयाँ बानेश्वर क्षेत्रमा फलफूल व्यापार गदैं आउनुभएका पुजन कुमार शाहले भाउमा एकरुपता नहुनेको कारण होलसेल विक्रेताहरु नै रहेको बताउनुभयो । होलसेल पसलमा नै एउटै जातको स्याउ प्रति पेटी १ हजार रुपैयाँ देखि १ हजार २ सय रुपैयाँ सम्म पर्ने भएकाले भाउमा फरक परेको बताउनुभयो । यस्तै गत वर्षको तुलनामा यस वर्ष फलफूलको मूल्य झण्डै दोब्बर रहेको पनि उहाँले बताउनुभयो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि प्रति केजी स्याउको मूल्य औषतमा २ सय ४५ रुपैयाँ देखि ३ सय १० रुपैयाँ तोेकेको छ । त्यस्तै केरा प्रति दर्जन औषतमा ८५ रुपैयाँ र सुन्तला प्रति केजी ४८ रुपैयाँ थोक मूल्य तोकेको छ । भारतीय सुन्तला भने प्रति केजी १ सय ५ रुपैयाँ रहेको छ । त्यस्तै अनार ३ सय १० रुपैयाँ प्रतिकेजी रहेको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया