हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च बेहोर्न नसक्ने कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।
कतिपय अस्पतालले बिरामी भर्ना गर्नकै लागि रकम माग गरेको र रकम जम्मा गर्न नसक्नेहरु उपचारबाट बञ्चित भएको गुनासो आएको भन्दै मन्त्रालयले उपचार खर्च तिर्न सक्दिन भनेर स्वघोषणा गरेका सबै बिरामीको नि:शुल्क उपचार गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले विज्ञप्ती निकालेर उपचार खर्च तिर्न सक्दिन भनि स्वघोषणा गरेका सबै बिरामीको उपचार खर्च सरकारले तिर्ने भन्दै यदि उपचार खर्च बुझाउन नसकेर कुनै सङ्क्रमितको स्वास्थ्यमा असर परेमा सम्बन्धित अस्पताल नै जिम्मेवार हुने पनि मन्त्रालयले चेतावनी दिएको छ ।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमका कोअर्डिनेटर डाक्टर गुणराज लोहनीले निकाल्नुभएको विज्ञप्तीमा सबै सरकारी, सामुदायिक, निजी, गैरसकारी अस्पताल तथा मेडिकल कलेजहरुलाई सम्बोधन गर्दै उपचार खर्च बेहोर्न नसक्ने कोरोना संक्रमितको उपचार निःशुल्क गर्न भनिएको छ ।
सरकारले परीक्षण तथा उपचारको लागि शुल्क लिने बताएपछि त्यसको चौतर्फी आलोचना भैरहेको छ । आलोचना भएपछि उपचार खर्च बेहोर्न नसक्ने स्वघोषणा गरे निःशुल्क हुने भन्दै बचाउ गरिरहेको सरकारले कतिपय अस्पतालमा उपचार नपाएको गुनासो आएको भन्दै नि:शुल्क उपचार गर्न निर्देशन दिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ramesh timilsin
Oct. 25, 2020, 8:38 p.m.प्रायः नेपाली गरिबीको रेखा मुनि छन् , अनि सरकारले के भन्न खोजेको होला / उपचार खर्च तिर्न नसक्ने भनेर स्वयं घोषणा गर्नेलाई चाहिं निशुल्क उपचार हुने रे ...सिधा भने भैहाल्छ नि सरकारी अस्पतालमा उपचार गर्नेलाई मात्र निशुल्क अनि नीजी अस्पतालमा उपचार गर्नेलाई आफनै खर्चमा गर्नु भनेर ...