डोटीको लामीखाल र जाजरकोटको हलचौरमा बिजुली पुगेपछि छायाे उज्यालो

 कात्तिक १०, २०७७ सोमबार ११:७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

डोटीको लामीखाल र जाजरकोटको हलचौरमा बिजुली पुगेपछि गाउँ उज्यालो भएका छन् ।

डोटीको पश्चिमी क्षेत्र आदर्श गाउँपालिका वडा नम्बर ५ लामिखालमा पहिलो पटक राष्ट्रिय प्रसारणको विद्युत लाइन पुगेको छ । विद्युत लाइन विस्तारसँगै लामिखालका गाउँ झिलिमिली भएका छन् ।

लाइन विस्तारसँगै झण्डै चार सय घरधुरीले विद्युत् सेवा पाएका गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले बताउनुभयो । पोल गाडेको वर्षौपछि गाउँपालिकाको पहलमा लामिखालमा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको हो । बिजुली नहुँदा उज्यालोका लागि सल्लाको दियालो तथा टुकीको भर पर्नुपरेको तर अहिले झलमल्ल भएको स्थानियबासिन्दा धनबहादुर नेपालीले बताउनुभयो ।

अहिले गाउँपालिकाको केन्द्रसम्म बिजुली बिस्तार गरिएको र क्रमसः बिजुली नपुगेका अरु गाउँहरुमा पनि बिस्तार गर्दै जाने अध्यक्ष रोकायाले जानकारी दिनुभयो ।

यस्तै जाजरकोटको नलगाड नगरपालिका–८ हलचौरमा लाइन बिस्तार भएसँगै गाउँ उज्यालो भएको छ । हलचौरका झण्डै पाँचसय घरधुरीले बिजुली बाल्न पाएका हुन् ।

स्थानीय खुमाउरी खोला जलविद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युत बढी भई खेर गएको अवस्थामा हलचौरमा लाइन बिस्तार गरी बिजुली प्रयोग गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया