मनोज गजुरेललाई कोरोना सङ्क्रमण

 कात्तिक ११, २०७७ मंगलबार ७:४४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हास्य कलाकार मनोज गजुरेलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

हिजो बेलुकी कोरोना रिपोर्ट पोजेटिभ आए पनि गएको बिहिबारदेखि नै आइसोलेशनमा बसेको उहाँले बताउनुभयो । बिहीबारपछि लगातार सामान्य टाउको दुखेको र त्यसपछि ज्वरो आएर जीउ दुख्न थालेपछि आइतबार पीसीआर गर्दा सोमबार रिपोर्ट पोजेटिभ आएको उहाँको भनाई छ ।

उहाँले सेल्फ आइसोलेशनमा कडा नियम पालना गर्दै घरेलु उपचार लिइरहेको बताउनुभएको छ ।

अन्तिम अपडेट: कात्तिक १४, २०७७

तपाईको प्रतिक्रिया