नेपालमा ७४ दशमलव १ प्रतिशत कोरोनामुक्त : दशैँका बेला परीक्षण कम, नयाँ सङ्क्रमित थोरै

 कात्तिक १२, २०७७ बुधबार ७:९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४ दशमलव १ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख १८ हजार ८ सय ४३ जनाले कोरोनालाई जितेका छन् ।

प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४ सय ७८, वाग्मतीमा ५७ हजार ९ सय ५५, गण्डकीमा पाँच हजार ७ सय ६०, लुम्बिनीमा १४ हजार ५ सय १०, कर्णालीमा चार हजार ६ सय २० र सुदूरपश्चिममा आठ हजार ४ सय ९१ सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ ।

पछिल्लो २४ घन्टामा तीन हजार १ सय ६८ जना कोरोनामुक्त भएका छन् । हिजो ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको छ । दुई हजार ७ सय २५ नमुना परीक्षण गर्दा ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको हो । कर्णाली र सुदूरपश्चिममा हिजो सङ्क्रमित भेटिएका छैनन् । दशैँका बेला स्वाब परीक्षण कम भएकाले नयाँ संक्रमित पनि थोरै भेटिएका छन् ।

शुक्रबार सप्तमीका दिन १६ हजार आठ सय ६३ जनाको पीसीआर परीक्षण गरिएको थियो । तीमध्ये चार हजार चार सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यस्तै शनिबार अष्टमीका दिन १३ हजार आठ सय ४६ जनाको पीसीआर परीक्षण हुँदा दुई हजार दुई सय २५ जनामा कोरोना पुष्टि भएको थियो ।

आइतबार नवमीका दिन १२ हजार तीन सय ११ जनाको पीसीआर परीक्षण गरिएकोमा २ हजार आठ सय ५६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । सोमबार विजयादशमीको दिन पाँच हजार छ जनाको मात्रै पीसीआर परीक्षण गरिएको थियो । तीमध्ये एक हजार सात सय ४१ जनामा कोरोना पुष्टि भएको थियो ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ६० हजार ४ सय पुगेको छ । ४० हजार ६८१ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । झापा, मोरङ, सुनसरी, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५ सय बढी सक्रिय सङ्क्रमित छन् ।

मुस्ताङमा सक्रिय सङ्क्रमित छैनन् । पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ सय ७६ पुगेको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया