वैशाखयता नेपालमा विपद्का घटनामा ४६५ जनाकाे ज्यान गयाे

 कात्तिक १२, २०७७ बुधबार १५:१०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको वैशाख महिनायता नेपालमा विपद्का विभिन्न घटनामा परि चार सय ६५ जनाको ज्यान गएको छ । गएको वैशाख १ गतेदेखि बुधबारसम्ममा चार सय ६५ जनाको ज्यान गएको र एक सय एक जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

यस अवधिमा सबैभन्दा बढी पहिरोमा परि दुई सय ९५ जनाको ज्यान गएको छ । यस्तै चट्याङ लागेर ६५ जना, बाढीबाट ४२ जना र सर्पको टोकाइबाट २१ जनाको ज्यान गएको छ । 

यस्तै निरन्तरको झरीबाट १५ जना, जनावरको आक्रमणबाट १४ जना र आगलागीबाट १३ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ । 

यस अवधिमा विपद्सम्बन्धी दुई हजार ७२ वटा घटना भएका थिए । ती घटनामा आठ सय १० जना घाइते भएका छन् । दुई हजार तीन सय दुई वटा पशुचौपायको क्षति भएको छ । विपद्का घटनामा ८६ करोड १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको पनि प्राधिकरणले जनाएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया