२४ घण्टामा २ हजार ९८१ जना डिस्चार्ज, १ हजार ९५४ जनामा सङ्क्रमण

 कात्तिक १२, २०७७ बुधबार १६:३०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ६२ हजार तीन सय ५४ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार एक हजार नाै सय ५४ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

गएकाे २४ घण्टामा आठ हजार दुई सय ४८ जनाकाे नमुना सङ्कलन भएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा दुई हजार नाै सय ८१ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख २१ हजार आठ सय २४ पुगेको छ ।  

अब नेपालमा ३९ हजार ६ सय ४३ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै दुई हजार आठ सय ८९ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ सय ८७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया