५ दिनकाे बिदापछि खुलेकाे शेयर बजार सकारात्मक, नेप्से ४१ दशमलव २० अङ्कले बढ्याे

 कात्तिक १२, २०७७ बुधबार १८:२१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाँच दिनको बिदापछि बुधबार खुलेको शेयर बजार कारोबार रकम र सूचकका आधारमा निकै उत्साहपूर्ण रहेको छ । नेपाल स्टक एक्सचेज (नेप्से) परिसूचक ४१ दशमलव २० अङ्कले बढेर १ हजार ६ सय ४७ दशमलव ४६ विन्दुमा पुगेको छ । 

बुधबार बैंकिङ समूह एकैदिन ४ दशमलव २७ प्रतिशत बढेर १ हजार ३ सय ४७ दशमलब २३ अङ्कमा पुगेको छ । विकास बैंक समूहमा २ दशमलव ९१ प्रतिशतबाहेक अन्य उपसूचकमा भने सामान्य बढेको छ । 

बुधबार एक सय ६७ कम्पनीको शेयर कारोबार भएकोमा एक सय ३२ वटा कम्पनीको शेयर मूल्य बढेको छ । २५ वटा कम्पनीको मूल्य घट्दा १० वटा कम्पनीको मूल्य भने तटस्थ रहेको छ । बढ्दो बजारमा पनि मूल्य गुमाउनेमा भने धेरैजसो हाइड्रोपावर कम्पनी रहेका छन् । बजार खुलेको सुरुमा सामान्य उतारचढाव देखिए पनि बुधबार समग्र बजार अन्तिमसम्म पनि निरन्तर रुपमा बढेर बन्द भएको छ । 

बुधबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार १८८ कम्पनीको २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको ९३ लाख २२ हजार ८५ कित्ता शेयर खरिद/बिक्री भएको छ । शेयर बजारको लागि चाडपर्वको अवधि ‘अफ सिजन’ मानिन्छ । अघिल्ला वर्षहरुमा दशैँको घटस्थापनादेखि छठपर्वसम्मै बजार खस्कन्थ्यो । तर यो वर्ष दशैँ बिदा सकिएलगत्तै बजार सकारात्मक भएको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया