अब हप्ताकाे दुई दिन मात्रै काेराेना ब्रिफिङ हुने

 कात्तिक १२, २०७७ बुधबार १९:३०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी जानकारी अब हप्ताकाे दुई दिन मात्रै प्रेस ब्रिफिङमार्फत् सार्वजनिक गर्ने भएकाे छ ।

यही हप्तादेखि लागू हुने गरी मन्त्रालयले आइतबार र बुधबार कोभिड–१९ सम्बन्धी प्रेस ब्रिफिङ हुने जनाएकाे हाे ।  

हप्ताकाे दुई दिन मात्रै प्रेस बिफ्रिङ हुने भए पनि बाँकी दिनमा सामाजिक सञ्जाल र मन्त्रालयको कोभिड–१९ वेब पोर्टलमार्फत् विवरण अद्यावधिक गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।  

अन्तिम अपडेट: कात्तिक १६, २०७७

तपाईको प्रतिक्रिया