आज कोजाग्रत पूर्णिमा, बडा दशैँको समापन गरिँदै

 कात्तिक १४, २०७७ शुक्रबार ७:१३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दशैँ आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुका महालक्ष्मीको पूजा गरी जाग्राम बसेसँगै दुर्गापक्ष सकिन्छ ।

विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि सकिनेछ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरीमा सेलाइन्छ । कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने भोलि रहेको छ  । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

मध्यरातमा पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको समितिले जनाएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दशैँमा यसवर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिम र महामारीका कारण विगतमा जस्तो चहलपहल देखिएन ।

दशैँ सकिएसँगै कार्तिक स्नान र आकाशदीपदान भोलिदेखि सुरु हुनेछ ।
 

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया