हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डौ - भूकम्पपछि पाँच वर्षसम्म पुनर्निर्माणको काम सुरु हुन नसकेको विश्वरूप मन्दिर पुनर्निर्माण गर्न बाटो खुलेको छ ।
पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको हो । विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि विभागको स्वीकृति लिनुपर्ने प्राचीन स्मारक संंरक्षण ऐनले व्यवस्था गरेको छ ।
पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत नभएको, बजेट व्यवस्थापन हुन नसकेको लगायतका कारण विश्वरूप मन्दिरको पुनर्निर्माणको काम सुरु हुन सकेको थिएन । पशुपति क्षेत्र विकास कोषले चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट विश्वरूप मन्दिर पुनर्निर्माणको काम सुरु गर्न १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
मन्दिरसहित वरिपरिको सत्तल पुनर्निर्माणका लागि ७० करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिनुभयो । बहुवर्षीय योजना अन्तर्गत आर्थिक वर्ष २०७८/२०७९ सम्ममा मन्दिर क्षेत्रको पुनर्निर्माण सक्ने लक्ष्य छ । पुनर्निर्माणका लागि ठेक्काको प्रक्रिया सुरु भइसकेको कोषका निर्देशक भरत मरासिनीले बताउनुभयो ।
यो महिना भित्रै ठेक्का गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो । विभागबाट स्वीकृति प्राप्त भए पनि लागत पूर्वानुमानको समीक्षा हुने कोषले जनाएको छ । विश्वरूप मन्दिर हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको समान आस्थाको केन्द्रका रुपमा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।