देउखुरीमा प्रदेशकाे हिउँदे अधिवेशनकाे तयारी : सभामुख, उपसभामुख र कानुनमन्त्रीद्वारा भौतिक पूर्वाधारको अनुगमन

 कात्तिक १४, २०७७ शुक्रबार २०:४१:१० | हेमराज शर्मा
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेशको आउँदो हिउँदे अधिवेशन स्थायी राजधानी दाङको देउखुरीमा सञ्चालन गर्ने तयारी थालिएको छ ।

लुम्बिनी प्रदेशको आउँदाे हिउँदे अधिवेशन स्थायी राजधानीमा सञ्चालन गर्न तयारी थालिएको हो । यसका लागि प्रदेश सरकार र प्रदेश सभाद्वारा संयुक्त रुपमा तयारी सुरु गरिएको छ ।

स्थायी राजधानीमा हिउँदे अधिवेशन सञ्चालन गर्ने तयारी अनुरुप शुक्रबार प्रदेश सभाका सभामुख, उपसभामुख र आन्तरिक मामिला तथा कानुनमन्त्रीलगायतले देउखुरीको राप्ती गाउँपालिकामा रहेकाे भौतिक पूर्वाधारको अवस्थाबारे अनुगमन गर्नुभएको हो ।

स्थायी राजधानी देउखुरीको राप्ती गाउँपालिकामा रहेकाे राप्ती प्राविधिक शिक्षालयको भवन र जग्गा प्रदेश सभा सञ्चालनका लागि सम्भावनार्थ स्थलगत रुपमा अवलोकन गरिएको हो ।

शुक्रबार प्रदेश सभा सञ्चालनका लागि स्थायी राजधानीको भौतिक पूर्वाधारको अवस्था अनुगमन गरेका प्रदेश सभाका सभामुख घर्ती र कानुन मन्त्री केसीले स्थायी राजधानीमा रहेका भौतिक पूर्वाधारको अवस्थाबारे मुख्यमन्त्री शंकर पोख्रेललाई जानकारी गराउने कार्यक्रम रहेको छ ।

यसअघि प्रदेश पूर्वाधार विकास प्राधिकरणको टोलीका साथै प्रदेशका प्रमुख सचिव र अर्थ सचिवद्वारा पनि स्थायी राजधानीमा रहेका भौतिक पूर्वाधारहरुको अवस्थाबारे अनुगमन गरिएको छ ।

सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, कानुनमन्त्री कुलबहादुर केसीलगायतको टोलीले प्रदेश सभा सञ्चालनका लागि सम्भावनार्थ स्थलगत रुपमा अवलोकन गरी सरोकारवालासँग छलफलसमेत गरेका छन् । 

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिका अध्यक्ष शहजराम यादव, लमही नगरपालिका प्रमुख कुलबहादुर केसीलगायतका जनप्रतिनिधि, मालपोत, नापी कार्यालय, शिक्षा, स्वास्थ्य र सुरक्षा निकायका प्रतिनिधिहरुसँगसमेत छलफल भएकाे छ ।  

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया