नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख ७० हजार नाघ्यो

 कात्तिक १५, २०७७ शनिबार १६:२६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख ७० हजार नाघेको छ ।

गएको २४ घण्टामा दुई हजार पाँच सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या एक लाख ७० हजार सात सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा नौ हजार दुई सय ७९ जनाको पीसीआर परीक्षण भएको हो ।

आज थपिएका मध्ये काठमाण्डौ उपत्यकाका एक हजार तीन सय ५७ जना रहेका छन् । यस्तै गएको २४ घण्टामा दुई हजार दुई सय ६४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या एक लाख ३१ हजार दुई सय २२ पुगेको छ । अब नेपालमा ३८ हजार पाँच सय ८४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै गएको २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया