अमेरिकी राष्ट्रपति पदको चुनाव महँगाे बन्दै

 कात्तिक १५, २०७७ शनिबार १८:२९:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको राष्ट्रपतीय चुनाव निकै महँगो पर्दै गएको छ । सन् २०१६ को चुनावमा झण्डै साढे छ अर्ब डलर खर्च भएकोमा यो वर्ष त्यो खर्च अझै बढ्ने बीबीसीले जनाएको छ ।

अमेरिकामा चुनाव हुनुभन्दा दुई वर्षअघि नै चुनावी अभियान सुरु हुन्छ । यस्ता अभियानहरु निकै महँगा हुने गरेका खबरमा उल्लेख छ । विगतका पाँचवटा चुनावमा उम्मेदवारहरुले औषतमा दुई अर्ब डलरभन्दा धेरै खर्च गरेका थिए ।

उम्मेदवारले गर्ने खर्चको आधाभन्दा धेरै सञ्चार माध्ययममार्फत प्रचारप्रसारमा खर्च हुने गरेको बीबीसीले जनाएको छ । यस्तै कर्मचारी खर्च पनि महँगो हुन्छ । सन् २०१६ मा हिलारी क्लिन्टनले कर्मचारीलाई झण्डै साढे आठ करोड डलर दिनुभएको थियो । २०१६ को चुनावमा देश दौडाहमा क्लिन्टन र डोनाल्ड ट्रम्प दुवैले साढे ४ करोड डलरभन्दला धेरै खर्च गरेका थिए ।

यस वर्ष कोरोना महामारीका कारण देश दौडाहा कम भएपनि विज्ञापन लगायत अरु स्वरुपमा खर्च थपिएको बीबीसीले जनाएको छ । यसरी खर्च भएको मध्ये एक तिहाइ रकम चन्दाबाट उठ्ने गरेको छ । चुनावमा अमेरिकी नागरिकले मात्र चन्दा दिन पाउँछन् भने एक जनाले एउटा उम्मेदवारलाई बढीमा दुई हजार आठ सय डलर मात्र चन्दा दिन पाउँछन् । तर राजनीतिक दलको कोषमा त्यो भन्दा धेरै चन्दा दिन पाइन्छ ।

उम्मेदवारले गर्ने खर्चमा कुनै सीमा नभएकोले विश्वकै शक्तिशाली मानिने अमेरिकी राष्ट्रपतिको चुनावमा गरिने खर्च बढीरहेको खबरमा उल्लेख छ । नोभेम्बर २ मा हुन गइरहेको अमेरिकी राष्ट्रपति चुनावमा वर्तमान् राष्ट्रपति ट्रम्प र अर्का उम्मेदवार जो वाइडेन प्रतिस्पर्धामा हुनुहुन्छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया