गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा माैसम आंशिकदेखि सामान्य बद्ली हुने

 कात्तिक १६, २०७७ आइतबार ७:५५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् । 

स्थानीय वायुको प्रभावले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मन्जु वासीले जानकारी दिनुभयो । 

उहाँका अनुसार अरु प्रदेशको मौसम भने सामान्यतया सफा रहनेछ । यस्तै भोलि वाग्मती प्रदेशबाहेक अरु प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली रहने तर पर्सि देशभरि नै आंशिकदेखि सामान्य बद्ली भएर पहाडी क्षेत्रको एक/दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । 

 बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आउन थालेकाले पर्सिलाई फाट्टफुट्ट पानी पर्ने संभावना देखिएको उहाँको भनाइ छ । तर ठूलो पानी भने कतै पनि पर्दैन ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया